Stroke

(Stroke/ Brain Attack/CVA) / मष्तिष्कघात / पक्षघात


मस्तिष्कमा जाने रगतनली बन्द भएर वा फुटेर हुने नशाको समस्यालाई मस्तिष्कघात भनिन्छ, त्यस्तै मुटुको रगतनली बन्द भएर हुने मुटुको समस्यालाई ह्ृदयघात भनिन्छ । सामान्यतया मस्तिष्कघात दुई प्रकारको हुन्छ ।

१. मस्तिष्कको रगतको नली बन्द भएर हुने समस्या, जसलाई इस्केमिक मस्तिष्कघात (Ischemic Stroke)  भनिन्छ । र
२. मस्तिष्कको नशा फुटी रगत जम्मा भएर हुने समस्या, जसलाई हिमोरेजिक मस्तिष्कघात (Hemorrhagic Stroke) भनिन्छ । रगत मस्ष्तिकको भित्रि भागमा जम्मा हुन सक्छ जसलाई इन्ट्रापेरेन्काइमल हिमोरेज (Intraparenchymal Hemorrhage) वा रगत मस्तिष्कको बाहिरी सतहमा जम्मा हुन सक्छ जसलाई सवएरेक्न्वाइड हिमोरेज (Subarachnoid Hemorrhage) भनिन्छ ।
अचानक एक भाग (दाहिने अथवा देब्रे हात र खुट्टा) नचल्नु, अनुहार बाँगिनु र अचानक बोली प्रष्ट नहुनु मस्तिष्कघातका प्रमुख लक्षणहरु हुन । मस्तिष्कघातमा प्रायः शरीरको एक भागको कमजोरी हुने भएकोले यसलाई पक्षघात पनि भनिन्छ ।
यदि मस्ष्किघातका लक्षणहरु २४ घन्टा भित्र पूर्ण रुपमा निको भयो भने त्यसलाई सुक्ष्म÷लघु मस्तिष्कघात अर्थात ट्रान्जिएन्ट इसचेमिक अटैक (Transient ischemic attack /TIA) भनिन्छ ।

Risk Factors


के कारणले यो रोग लाग्छ ? / कारकहरु


इस्केमिक मस्तिष्कघातः– सामान्यतया इस्केमिक मस्तिष्कघात र ह्ृदयघातका एउटै कारकहरुले हुन्छन् । यी रोगहरु मस्ष्तिक वा ह्ृदय (मुटु) मा जाने रगतको नली बन्द भएर हुन्छन् । यसका प्रमुख कारणहरुः–

(क) रगतनलीको समस्या

  • एथेरोएसक्लेरोसिस (Atherosclerosis):– यो रगतनलीको पर्खालमा बोसो र अन्य पदार्थहरु जमेर नली सागुरो भएको अवस्था हो । यो मस्तिष्कघात वा ह्ृदयघातको प्रमुख कारण हो । यसको प्रमुख कारकहरुमा उच्च रक्तचाप, रगतमा अत्यधिक चिनीको मात्रा, उच्च कोलस्ट्रॉल, उच्च शारिरिक वजन (मोटोपना), निष्कृय जीवन शैली, धुम्रपान र मदिरापान इत्यादिले मस्ष्तिकघात हुने खतरालाई धेरै गुणा बढाँउदछ ।
  • भास्कुलाइटिस(Vasculitis):– यो रगतनलीको पर्खाल सुन्निएर रगतनली साँगुरो भएको अवस्था हो । यसका बिभिन्न कारणहरु छन् र यो युवा वा बयस्कहुरुमा हुने मस्तिष्कघातको एउटा प्रमुख कारण हो ।

…………..


उच्च कोलस्ट्रल व्यबस्थापन


  • जीवनशैली परिवर्तन
    • खानाः साचुरेटेड बोसोको मात्रा न्यून –जस्तै: ध्यू, बन्स्पति ध्यू, रातो मासू
    • व्यायाम नियमित व्यायाम: ३० मिनेट भन्दा बढी, कम्तीमा ४ दिन / हप्ता
    • मोटोपना– शरीररको तौल कम गरेर (सन्तुलित खानपान र व्यायामबाट)
    • प्राकृतिक उपचार: लसुन, अदुवा, इत्यादिको सेवनबाट
  • औषधी उपचार: चिकित्सकको सल्लाह अनुसार

Follow up System


पुनः परामर्श प्रणाली


नशारोग लागेका मानिसले निम्नलिखित परामर्श प्रणालीलाइ अपनाएमा मस्तिष्कघात दोहोरिनबाट जोगिन सक्छन।

(१) आबधिक नशारोग विशेषज्ञसँगको परामर्श: कम्तीमा प्रत्येक ३ महिनामा एक पटक वा केही समस्या आएमा थप परामर्श
(२) आवधिक फिजियोथेरापिष्ट सँगको परामर्श: कम्तीमा महिनामा १ पटक वा केही समस्या देखिएमा थप परामर्श
(३) आँखाको परिक्षण: ६–१२ महिनामा एक पटक वा आवश्यकता अनुसार थप परामर्श
(४) आवधिक परिक्षण

  • रगतको परिक्षण
    (अ) चिनीको मात्रा महिनामा एक पटक वा थप
    (आ) काँलस्ट्राल ३–६ महिनामा एक पटक वा थप परिक्षण
    (इ) अरु परिक्षण (जस्तै: कलेजो, मृगौला, चिनीको मात्रा, पिसावको परिक्षण ईत्यादि): ३–६ महिनामा एक पटक वा थप वा आवश्यक्ता अनुसार
  • ई.सि.जि.र ईकोकाडियोग्राफी: आवश्यकता अनुसार
  • केरोटिड डापलर: आवश्यकता अनुसार
  • अरु थप परामर्श वा परिक्षण: आवश्यकता अनुसार, जस्तै– मनोविशेषज्ञ सँगको परामर्श, स्पीच थेरापी, डाइटिसियनसंगको परामर्श , नशाको परिक्षण –(एन.सि. टि) इत्यादि