Radiculopathy

Radiculopathy / रेडिकुलोपैथी


मेरुदण्डबाट निस्कने स्पाइनल नशा (Spinal Nerve) को जरा बिभिन्न कारणले मेरुदण्ड वरिपरि भएका हडडीहरुको बीचबाट निस्किने बेलामा थिचिएर लाग्ने रोगलाई रेकिकुलोपैथी (Radi culopathy) भनिन्छ । तल्लो ढाडको रेडिकुलोपैथीलाई सामान्य भाषामा स्याटिक (Sciatica) पनि भनिन्छ ।

Reasons


कारणहरु


मेरुदण्ड वरिपरि भएका हड्डीहरुको बीचमा भएका कुरकुरे हड्डी (Disc) आफनो स्थानबाट पछाडि तिर फुत्केर (Dise Prolapse) वा यी हड्डीहरु खिइदै गएर हड्डीको चुच्चो (Osteophyte) निस्केर वा अन्य कारणले जस्तै (हड्डी संक्रमण इत्यादिले चोटपटकले हड्डीहरु अगाडी पछाडी फुत्केर) ती नशाको जरा थिचिन पुग्दछ ।

………….


लक्षणहरुः


ढाडको दुखाई एउटा वा दुइटै खुट्टा तिर सर्नु वा घाँटी पछाडिको दुखाई हाततिर सर्नु यसका प्रमुख लक्षण हुन । त्यही स्थानमा पोल्ने,झमझम गर्न वा लाटो हुने सम्भावना पनि हुन्छ ।

पत्ता लगाउने तरीकाः –

क्लिनिकल – घटना विवरण र बिरामी जाँचेर गरिन्छ ।
एक्सरे – एक्सरे हड्डीको अवस्थालाई बताँउछ ।
एम.आर.आई. (MRI) – नशा थिचिएको वा नथिचिएको कती थिचिएको हो भनी प्रष्ट पार्दछ ।

Treatment


उपचार


  • जीवनशैली परिवर्तन– यस अन्र्तगत, भारी नउचाल्नु, लगातार बसी नराख्नु, शुरुमा सकेसम्म ओच्छयानमा पल्टिराख्नु अगाडि निहुरेर काम नगर्नु, सवारी सकभर नगर्नु व ागर्न परेमा गाडी नउफारि चलाउनु, इत्यादि भनी सल्लाह दिइन्छ ।
  • औषधि उपचारः– जीवनशैली परिवर्तन सगै औषधि उपचारको पनि उत्तिकै आवश्यक्ता पर्दछ ।
    फिजियोथेरापीः– यसले लक्षणको उपचारको साथसाथै मेरुदण्ड वरिपरि भएका हड्डीहरुको बीचमा भएका मांशपेशीहरु तथा अन्य तन्तुलाई बलियो पारी नशाको जरा थिचिएको अवस्थालाई कम गर्दछ ।
  • शल्यक्रियाः– केही विशेष परिस्थितिमा मात्र जस्तै नशा धेरै थिचिएको अवस्थामा वा माथि उल्लेखित अर्थात जीवनशैली परिवर्तन, औषधि र फिजियोथेराी लगातार ३ महिना सम्म गरे पनि कुनै सुधार नआएमा शल्यक्रिया गर्न जरुरी पर्दछ ।