Parkinsonism

Parkinsonism / पारकिन्सोनिज्म


यो एउटा अतिनै जीवनलाई कष्टकर बनाउदै जाने रोग हो जहाँ मस्तिष्कको बिशेष भाग (Basal ganglia) को कोशिकाहरुको क्षति वा सुक्दै जान्छ । यो प्रायः बढी उमेर भएका मान्छेमा देखिन्छ तर युवा तथा व्यस्क पनि यो समस्याबाट अछुत छैनन् ।

Reasons


लक्षणहरुः


यो रोग लागेका मान्छेहरु बिस्तारै हरेक काम (जस्तैः– हिडाई, बोलाई, इत्यादि) मा सुस्त हुदै जान्छन । जिउको मांशपेशीहरु कडा हुदै जान्छ र मान्छे अगाडि तिर खुम्चिदै जान्छ । एउटा वा दुइटै हात हल्लि रहन्छ , हिड्दा हुत्तिने वा थोरै अवरोध आएमा असन्तुलित भएर लड्ने सम्भावना हुन्छ । बसेर उठदा चक्कर लाग्ने, पिशाब लाग्दा नियन्त्रीत गर्न नसक्ने इत्यादि पनि यसका लक्षणहरु हुन ।

…………


प्रकार र तिनका कारण


  • पारकिनसन्स डिजिज (Parkinson disease) कारण पत्ता लाग्दैन, आनुवंशिकी कारणले हुन्छ ।
  • पारकिन्सोनिज्म :– यो केही बिशेष कारणले उत्पन्न हुन्छ ।
  • केही औषधिको असरले (eg. Antipsychotics)
  • इनसेफेलाइटिस (मस्तिष्कको संक्रमणले )
  • मस्तिष्कमा चोटपटक लागेर
  • मस्तिष्कघात भएर इत्यादि

Treatment


पत्ता लगाउने तरिका


  • लक्षणहरुबाट, बिरामी जाँचेर
  • बिशेष परीक्षण (कारण पता लगाउन)
  • मस्तिष्कको एम आर आई गरेर
  • रगतको परीक्षण
  • ढाडको पानी (CSF) परीक्षण इत्यादिबाट यो रोग र यिनका कारण पत्ता लाग्द छ ।

……………


उपचार


 

  • कारणको उपचार  (Definitive Treatment)
    पत्ता लागेका कारणको उपचारबाट यो सम्भब हुन्छ ।
  • लक्षणको उपचार
    • औषधि उपचारः– केही बिशेष प्रकारको औषधिहरुको प्रयोगले यो रोगका लक्षणहरुको उपचार गरि बिरामीहरु गुणस्तरीय जीवन प्राप्त गर्न सक्छन् । केही औषधिले त रोगको बढ्ने प्रकृयालाई समेत कम गर्दछ ।
    • शल्यक्रियाः– केही विशेष अवस्थामा जहाँ औषधि उपचार गरे पनि जीवन कष्टकर छ भने शल्यक्रियाको उपयोग गरिन्छ ।
    • फिजियोथेरापीः– यसले हातखुट्टाको कडापन हटाउन, जिउ सन्तुलनमा राख्न इत्यादिमा मद्धत गर्दछ ।