Other Diseases

Bell’s Palsy / बेल्स पाल्सी


अचानक अनुहारको एक भागको मांसपेशीहरु क्मजोर भई अनुहार बांगिन्छ । यस बाहेक अन्य समस्या भएको हुदैन । अनुहार बांगिनु अन्य महत्वपूर्ण नशाको कारणहरु (जस्तैः– मस्तिष्कघात, गुलेनबारी सिन्ड्रोम, सारक्वाइडोसिस, कानको समस्या इत्यादि) ले पनि हुने भएको हुदाँ सावधानी पूर्वक बेल्स पाल्सीको डाइग्नोसिस गर्नु पर्दछ ।

Trigeminal Neuralgia


ट्राइजेमिन न्यूरालजिया


अनुहारको एक भागमा अचानक र पटक पटक थोरै समय (केही सेकेण्ड देखिन २ मिनेट सम्म) को लागि बिद्मुतीय तरंगको झटकाको अनुभूति भई अति कष्टकर अवस्था सृजना गर्दछ । यो समस्या र यसको कारणको सही पत्ता लगाउन यसको सफल उपचारको लागि अतिनै महत्वपूर्ण हुन जान्छ ।

Multiple Sclerosis


मल्टिपल एसक्लेरोसिस


सेन्ट्रल स्नायुतंत्र भित्र भएका नशाहरमा आफ्नै रोग प्रतिरोधकात्मकता (Immunity) ले क्षति भएर यो रोग लाग्दछ । यसमा विशेष गरि आँखाका देखाई (vision) मा कमी आउनुका साथै शरीरको विभिन्न भागमा कमजोरी, असन्तुलन वा अनुभूतिमा परिवर्तन आउन सक्दछ ।

Brain Tumor


ब्रेन ट्यूमर


मस्तिष्कमै भएका तन्तुको अनियन्त्रित बृद्धिले वा शरीरको अन्य भागमा भएका टयूमरको कोशिशाहरु रगतको माध्यमले मस्तिष्कमा पुगि त्यहाँ अनियन्त्रित रुपमा पलाएर ब्रेन ट्यूमरको उत्पति गर्दछ । टाउको दुख्नु, छोप्नु, शरीरको एक भाग वा दुबै भागमा कमजोरी आउनु र अनुभूतिमा परिर्वतन आउनु इत्यादि यसका केही महत्वपूर्ण लक्षणहरु हुन् ।

Muscular Dystrophy


मसकुलर डिस्ट्रोफी


आनुवंशिकी (Genetic) कारणले शरीरको विभिन्न मांसपेशीहरु सुक्दै गई कमजारी उत्पन्न गर्दछ । डुचेन मस्कुलर डिस्ट्रोफी (Ducchne Muscular Dystrophy), बेकर मस्कुलर डिस्ट्रोफी (Beckar Muscular Dystrophy) लिंब गर्डल मस्कुलर डिस्ट्रोफी (Limb Girdle Muscular Dystrophy) इत्यादि यसका केही महत्वपूर्ण उदाहरणहरु हुन ।

Myopathy


मायोपैथी


आनुवंशिकी (Genetic) वा अन्य (Acquired) कारणहरु को कारण शरीरको विभिन्न मांशपेशीमा कमजोरी उत्पन्न हुने अवस्थालाई मायोपैथी भनिन्छ । पोलीमायोसाइटिस (Polymyositis) डरमाटोमायोसाइटिस (Dermatomyositis), , मेटाबोलिक मायोपैथी, माइटोकोन्ड्रियल मायोपैथी इत्यादि यसका केही महत्वपूर्ण उदाहरणहरु हुन ।

Meningitis


मेनिजाइीटस


परिचयः– मस्तिष्क र मेरुदण्ड वरिपरि भएको खण्ड (menignes) मा संक्रमण भएको वा सुन्निएको अवस्थालाई मेनिनजाइटिस भनिन्छ ।
लक्षणहरु:- अत्यधिक ज्वरो आउनु, टाउको दुख्नु, पटक पटक वान्ता हुनु र होश कम हुदै जानु यसका महत्वपूर्ण लक्षण्हर हुन ।

Encephalitis


इन्सेफेलाइटिस


परिचयः – मस्तिष्कको स्रक्रमण भएको वा सुन्निएको अवस्थालाई इन्सेफेलाइटिस भनिन्छ । यसका लक्षण पनि करीब–करीब मेनिनजाइटिस जस्तै हुन्छन् । यो किल्नीक जाँच तथा मस्तिष्कको एम.आर.आई (MRI) र इ.इ.जी. (EEG) गरेर पत्ता लगाईन्छ । केही बिरामीमा दुईटै अर्थात मेनिंगोइनसेफेलाइटिस भएको हुन्छ ।

Gullain Barrre Syndrome


गुलेनबारी सिन्ड्रोम


मस्तिष्क वा मेरुदण्डबाट निस्किने नशाका जराहरु वा नशाहरुमा शरीरको आफनै रोग प्रतिरोधकात्मकता (Immunity) ले क्षति पुराएको अवस्थालाई गुलेनबारी सिन्ड्रोम भनिन्छ ।
लक्षणहरुः– अचानक दुइटै खुट्टा र हातमा कमजोरी आउनु र शरीरको अन्यभागमा पनि कमजोरी सर्दै जानु (संगसंगै केही मान्छेमा हातखुट्टा पोल्न वा झमझम पनि गर्न सक्छ) र केही बिरामीमा अनुहारको मांसपेशी, घाँटीको मांसपेशी वा छातीको मांशपेसी कमजोर भई मुख बांगिनु, खाना निल्न गाह्रो हुन थाल्नु र सांस फेर्न समेत गाह्रो हुनु, यसका प्रमुख लक्षणहरु हुन ।

Myasthenia Gravis


माएस्थेनिया ग्राभिस


आफ्नै रोग प्रतिरोधकात्मकता (Immunity) ले नशा र मांशपेशीको बीचमा भएको जोड (Neuromuscular Junction) लाई क्षति पु¥याएर आँखाको मांसपेशीहरु, हातखुट्टाको मांसपेशीहरु र शरीरको अन्य भागको मांसपेशीहरुमा कमजोरी उत्पन्न गरि हिड्न, निल्न, सास फेर्न समेत गाह्रो बनाउनुको साथै एउटा कुरा दुइटा देखिने (Diplopia) अवस्था सृजना गर्दछ ।