Neuropathy

Neuropathy / न्यूरोपैथी


पेरिफेरल नशामा बिकृति उत्पन्न हुने अवस्थालाई न्यूरोपैथी भन्निछ । यो धेरै नै हुने हुन्छ र जीवनलाई अत्यन्त कष्टकर बनाँउछ ।
लक्षणहरुः– खुट्टा वा हात भत–भत पोल्नु, झमझम गर्नु, दुख्नु, कमजोरी आउनु (जस्तै: भात मुछ्न, सर्टको बटम लगाउन, गाह्रो हुनु वा खुट्टाबाट चप्पल फुत्किीनु, बसेर उठन गाह्रो हुनु इत्यादि) पिडौला पटक पटक फर्किनु इत्यादि पेरिफेरल न्यूरोपैथीका केही महत्वपूर्ण लक्षणहरु हुन ।

Types


प्रकार


(१) मोनोन्यूरोपैथी (Mononeuropathy):- यसमा कुनै एक नशा केही कुराले च्यापिएको वा क्षति भएको हुन्छ । जस्तै ः– कार्पलटनल सिन्ड्रोम (Cape tunnel Syndrome) जहाँ हातमात्रै झम झम गर्ने, पोल्ने, खासगरी सुत्ने बेलामा वा नारी (wrist) मोरिएको अवस्थामा हुन्छ पछि बुढी औलातिरको मासु सुक्दै जान्छ इत्यादि ।

(२) पोलीन्यूरोपैथी (Polyneuropathy):- यसमा दुवै साइडमा एकै पटक लक्षणहरु (पोल्नु, झमझम गर्नु, दुख्नु इत्यादि) देखिन थाल्छ र यी लक्षणहरु खुट्टाको सबभन्दा दूरीको ठाँउ अर्थात औलाहरु वा पैतालाबाट शुरु भई माथितिर बढदै जान्छ र पछि हातमा पनि सदै जान्छ र त्यसै गरि बढदै जान्छ । कारणहरु मधुमेह अत्यधिक मदिरा सेवन, टोक्सिन (Toxin) आनुवंशिकी यसका केही प्रमुख कारणहरु हुन ।

……………..


पत्ता लगाउने तरिका


  • क्लिनिक परीक्षण (लक्षणहरु र बिरामीको जाँच):– यसले प्रकार छुट्याउन र कारण अनुमान गर्न मद्धत गर्दछ ।
  • नर्भ कन्डक्सक टेस्ट (NCT):– यसको सहायताले कारण अनुमान गर्न मद्धत पुग्छ ।
  • रगत परीक्षणः– यसले कारण पत्ता लाग्दछ ।
  • आनुबंशिक (Genetic):– केही बिशेष परिस्थितिमा गरिन्छ ।

यो सबै परीक्षणका बाबजूद पनि केही बिरामी कारण पत्ता लाग्दैन ।

Treatment


उपचार


  • लक्षणको उपचार– बिभिन्न खाले दुखाई कम गर्न औषधिले गरिन्छ।
  • निर्मूलात्मक (Curative) उपचार – सके सम्म कारण पत्ता लगाई कारण निर्मूल गर्ने उपाय गरिन्छ।
    • जीवनशैली परिवर्तनः– व्यायाम फिजियोथेरापी, मदिरापन सेवन बन्द वा कम गरेर,
    • औषधि उपचार यसको मद्धतले मधुमेह इत्यादिको उपचार गरि न्यूरोपैथीको उपचार गरिन्न्छ।