Neurology

स्नायुतंन्त्र / Nervous system


स्नायुतन्त्र मानब शरीरको सबैभन्दा महत्वपूर्ण प्रणाली हो । मस्तिष्क, मेरुदण्ड र बिभिन्न नशाहरु यस प्रणाली भित्र पर्दछन् । मस्तिष्क र मेरुदण्डलाई केन्द्रीय Central स्नायुतंत्र भनिन्छ । यसको अरु अंगसगको प्रत्यक्ष सम्पर्क बिभिन्न नशाहरुद्धारा Cranial and Spinal nerves स्थापित भएको हुन्छ । स्नायुतंत्र बिभिन्न अंगहरुको बीचमा समन्वय स्थापित गरि हामीलाई विषम परिस्थितिमा पनि जीवित राख्न मद्धत गर्दछ ।

यो स्नायुतंत्र नै हो जसले गर्दा हामीले चाहेको काम गर्न सक्छांै, बाहिरी वाताबरणमा भएको घटना (जाडो, गर्मी वा डर आदि) को अनुभूति गर्छौं । यसले गर्दानै हाम्रो मुटु थाहा नदिइकन धड्किरहेको हुन्छ, हामी सास फेरि राखेका हुन्छ , आँखा झिमकी राखेको हुन्छ, गर्मीमा पसिना आँउछ, आनन्द दिने परिस्थितिमा खुशी हुन्छौं र दुखद घटना घटेमा दुखी हुन्छांै ।

स्नायुतंत्रको कामलाई दुई भागमा बिभाजित गर्न सकिन्छ । (१) नियन्त्रित÷ ऐच्छिक voluntary – जस्तो चाहेको बेलामा हिडनु, हाँस्नु इत्यादि । (२) अनियन्त्रित अनैच्छिक Involuntary – यस्ताकामहरु हामीलाई थाहा नभइकन शरीरमा भई राखेका हुन्छन् । जस्तै– मुटु धडकिनु र गर्मीमा पसिना आउनु । केही काम आँशिक ऐच्छिक र आंशिक अनैच्छिक हुन्छन् जस्तो सास फेर्नु, आँखा मिmमकाउनु इत्यादि ।

Neurological Disease


नशारोग


स्नायुतंत्रको Nervous system बिकृती dysfunction ले गर्दा लाग्ने रोगलाई नशारोग भनिन्छ । यसका लक्षणहरु, स्नायुतंत्रमा कहाँ विकृति छ भन्ने कुरामा भर पर्दछ । स्नायुतंत्रको प्रत्यक्ष सम्पर्क अरु अंगसंग भएकोले अरु अंगसंग सम्बन्धित लक्षणहरु पनि नशा रोगले गर्दा देखिन सक्छन् जस्तै– मुटु धडकिनु, सास फेर्न गाह्रो हुनु, दिशा पिशाब लागेको थाहा नहुनु वा नचाहेको बेलामा भई दिनु, पेट फुल्नु, उकुसमुकुस हुनु, पसिना धेरै आउनु,

आँसू धेरै आउनु, आवाज कम वा धेरै सुनिनु इत्यादि अरु अंगसग सम्बन्धित् लक्षण भए पनि नशा रोगमा पनि देखिन सक्छन् । तसर्थ यी लक्षणहरुको सहि बिश्लेषण Analysis हुनु र सही रोग (नशारोग वा अन्य अंगसम्बन्धी रोग) पत्ता लाग्नु अत्यन्त जरुरी हुन्छ । नशारोगका बिभिन्न धातक परिणामहरु हुन्छन जस्तै– यसले धेरै मृत्यु गराउदछ , बाँचे पनि जीवन अत्यधिक कठिन भएको हुन्छ, आफ्नो पेशालाई छोड्न बाध्य हुनुपर्छ वा मान्छेकोे बौद्धिकतामा ह्रास आउन सक्छ । स्नायुतंत्रमा स्थायी बिकृति उत्पन्न भएमा यो पुनः बन्दैन् । तसर्थ नशारोगको सही सिमाभित्र सही पहिचान हुनु अत्यन्त्र जरुरी छ ।

………….


नशारोग सम्बन्धी भ्रम


अहिलेको २१ औं शताब्दीमा पनि मान्छेमा नशारोग सम्बन्धी बिभिन्न भ्रम र अन्धबिश्वास रहेको पाइन्छ ।
जस्तै :–

१. यो दैबीप्रकोप वा भूतप्रेतको असरले हुन्छ ।
२. यो पूर्वजन्मको फल हो ।
३. यो खराब हावा चलेर वा चिसो लागेर हुन्छ ।
४. यसको इलाज सम्भब छैन ।

………….


नेपालमा नशारोग वा रोगीको अवस्था


नशारोग अरु देश मा जस्तै नेपालमा पनि एउटा धेरै हुने common रोग हो । कुनै पनि परिवारमा नशारोगी न भेटिनु बिरलै पाईन्छ । यस रोगका बिभिन्न धातक परिणामहरु हुन्छन् । प्रायः हरेक किसिमको नशारोगी नेपालमा भेटिन्छन् ।

नशारोग विशेषज्ञ

हुनत दक्षता हासिल गरेका जुनसुकै स्तरका स्वास्थ्यकर्मी, चिकित्सकहरुबाट यसको उपचार सम्भव छ तैपनि नशारोग विशेषज्ञ भनेको डी.एम. न्यूरोलोजी, एम.डी पछि न्यूरोलोजी फेलोशिप, पि.एच.डी न्यूरोलोजी गरेका चिकित्सकहरु बुझिन्छन् ।

………….


नेपालमा नशारोग उपाचारको अवस्था


नेपालमा धेरै जसो नशारोगको उपचार बिधि उपलब्ध भएतापनि बिभिन्न बाधाहरुले गर्दा यसको लाभबाट धेरै बिरामी बंचित भईरहेका छन् । जस्तै– नशारोग सम्बन्धी जनचेतनाको कमी , समाजमा यस सम्बन्धी प्रचुर मात्रामा भ्रम वा अन्धबिश्वास रहि रहनु ,नशारोग बिशेषज्ञको अति न्यून संख्या हुनु र यस्ता उपचार बिधिहरु वा बिशेषज्ञहरु केन्द्रिकृ्रत वा शहरीकृत मात्रै हुनु ।

उपाय :– जनचेतना जगाउने कार्यक्रम हुनु, उपचार जुन स्तरको स्वास्थ्यकर्मी वा चिकित्सक बाट शुरु भएपनि बिशेषज्ञ संगको परामर्शको लागि उचित तथा संतुलित पठाईदिने प्रणाली Referral System हुनु नशारोगीहरुको सम्पूर्ण तथा सफल उपचारकको लागि सबभन्दा महत्वपूर्ण कुरा हो ।

………….


नेपालमा नशारोग वा रोगीको अवस्था


नशारोग अरु देश मा जस्तै नेपालमा पनि एउटा धेरै हुने common रोग हो । कुनै पनि परिवारमा नशारोगी न भेटिनु बिरलै पाईन्छ । यस रोगका बिभिन्न धातक परिणामहरु हुन्छन् । प्रायः हरेक किसिमको नशारोगी नेपालमा भेटिन्छन् ।

नशारोग विशेषज्ञ

हुनत दक्षता हासिल गरेका जुनसुकै स्तरका स्वास्थ्यकर्मी, चिकित्सकहरुबाट यसको उपचार सम्भव छ तैपनि नशारोग विशेषज्ञ भनेको डी.एम. न्यूरोलोजी, एम.डी पछि न्यूरोलोजी फेलोशिप, पि.एच.डी न्यूरोलोजी गरेका चिकित्सकहरु बुझिन्छन् ।