Headache

Headache / टाउको दुखाई


सामान्यता जीवनमा टाउको दुखाई अनुभूति नगरेको मान्छे विरलै पाइन्छ । यो मस्तिष्क वा मस्तिष्क बाहिर भएका खण्डहरु, जस्तै छाला, हडड्ीबाट उत्पन्न भएको हुन्छ । यसको उत्पति कहाँबाट भएको हो र के कारणले भएको हो भन्ने कुराले टाउको दुखाइको कारण घातक वा सामान्य हो भन्ने कुरा निर्धारण गर्दछ । यो एउटा लक्षण हो जसको बिभिन्न कारणहरु हुन सक्छन् ।

Types


प्रकार


(१) प्राइमरी टाउको दुखाई :– यो सामान्य कारणले हुन्छ जुनकी सामान्यतया गर्ने जाँच (MRI / CT  इत्यादि० मा देखिदैन । ८० देखि ९० प्रतिशत बिरामीहरु यस अन्तर्गत पर्दछन् । जस्तै :-

  • टेनसन हेडेक (Tension type Headache)
  • माइग्रेन (Migraine)
  • क्लसटर हेडेक (Cluster Headache) इत्यादि ।

(२) सेकेन्डरी टाउको दुखाई :– यो कम हुने भएता पनि यसका कारण  घातक भएकोले यसको उपचार यथासम्भब चाडो हुनु जीवन रक्षाको लागि अत्यन्त जरुरी हुन्छ । जस्तै :-

  • ब्रेन टयूमर (Brain Tumor)
  • मस्तिष्कको ज्वरो (Meningitis  or encephalitis)
  • मस्तिष्कको रगतनली ब्लक भएको अवस्था (Cortical Venous sinus thrombosis)
  • हाइड्रोसेफेलस (Hydrocephalous)
  • इडियोपेथिक इन्ट्राक्रानियल हाइपरटेन्सन (Idiopathic intracranial Hypertension) इत्यादि ।

Treatment


उपचार


(१) प्राइमरी टाउको दुखाई

  • लक्षणको उपचार (Abortive Treatment)
    • बिभिन्न समूहका दुखाई कम गर्ने औषधिको प्रयोगले यो सम्भब हुन्छ ।
  • दोहोरिन नदिने उपचार (Prophylactic Treatment)
    • निर्मूलात्मक  उपचार सम्भब नभएको हुनाले  यो उपचार अत्यन्त जरुरी हुन्छ ।
    • जीवन शैली परिवर्तनः– जस्तै भोको पेट लामो नबस्ने , अनिन्द्रा तथा अत्यधिक निन्द्रा, चर्को घाम, अत्यधिक चिसो , भीडभाड भएको ठाँउ, अत्यधिक तनाब वा वाद–विवाद बाट जोगिनु पर्दछ । साथै अमिलो  खानेकुरा  (तामा, गुन्द्रुक, मही वा  शिसीको अचार)  अत्यधिक कफी तथा चीज, अचानक कफीको मात्रा कम गर्नु , अजिनो मोटो भएको खानेकुरा (चाउचाउ, चाउमिन वा फास्टफुड) इत्यादिका सेवनमा ध्यान दिनु पर्दछ । यो सबै माइग्रेनको लागि अत्यधिक उपयोगी कुरा हुन जुनकि अरु प्राइमरी हेडेकमा पनि उतिकै असरदार सावित भएका छन् ।
    • औषधि उपचारः केही बिशेष परिस्थितिमा जहाँ माथि उल्लेखित कुरामा ध्यान दिएपनि जीवन कष्टकर छ् भने कुन प्रकारको टाउको दुखाई हो  छुटाएर औषधिद्धारा दुखाईलाई पटक पटक दोहोरिनबाट रोक्न सकिन्छ ।
    • शल्यक्रियाः– औषधिबाट सम्भब न भएको अवस्थामा केही बिरामीमा नशा थिचिएको शल्यक्रिया गरि उपचार गरिन्छ ।

(२) सेकेन्डरी टाउको दुखाई
लक्षणको उपचार – दुखाई कम गर्ने औषधिले गरिन्छ ।
निर्मूलात्मक उपचार –यसको कारणको छिटो छरितो सहि पहिचान र उपचार गर्न अत्यन्त जरुरी हुन्छ ।