Dementia

Dementia / डिमेन्सिया


यसलार्ई बौद्धिकतामा कमी आउने अवस्था भनी बुझिन्छ । विरामीको सम्झने शक्तिमा ह्रास आउनु, बोलीमा परिवर्तन आई प्रष्ट बोल्न नसक्नु वा व्यबहारमा परिवर्तन (उच्छृंखल व्यबहार , घरबाट बाहिर भाग्नु र घर फर्केर आउन नसक्नु आफनो बौद्धिक काम गर्न नसक्नु) यसको लक्षणहरु हुन । यस्ता बिरामलिाई सामान्यता अर्थात खाना खानु, हिडनु इत्यादिमा प्राय समस्या आएको हुदैन तर बौद्धिकताको कमीले यिनीहरु कुनै पनि निर्णय लिन नसक्ने घर व्यबहारको हिसाब बारी गर्न नसक्ने अवस्थामा पुगेका हुन्छने । यसकारण यी बिरामीहरुमा एककोहोरो हुदै जानु कम बोल्नु, सामान्य काममा पनि गल्ती गर्नु एउटै कुरा पटक पटक दोह्रोयाई राख्नु इत्यादि लक्षणहरु देखिन्छन ।

Reasons


कारणहरुः


अस्थाई कारण अर्थात रिभसिवल (Reversible) कारण – जसलाई ठीक पार्न सकिन्छ
स्थाई कारण अर्थात इर्रिभर्सिवल (Irreversible ) कारण यसले मस्तिष्कको बिभिन्न भाग (Cortex) कोशिकाहरु सुक्न जान्छ ।

(१) रिभरसिवल डिमेन्सिया – भिटामिन B–12 को कमी, अत्यधिक मदिरापान, एचआई भी स्रक्रमण, नर्मल प्रेसर हाइड्रोसेफेलस इत्यादिले हुन्छ ।

(२) इर्रिभरसिवल डिमेन्सिया

  • अलजाईमर डिमेन्सिया (Alzheimers)
  • फ्रोन्टो टेमपोरल डिमेन्सिया (Fronto temporal Dementia)
  • भासकुलर डिमेन्सिया (Vascular Dementia)

………


पत्ता लगाउने तरिका


  • लक्षणबाट , बिरामीको जाँचबाट
  • मस्तिष्कको एमआरआई (MRI)
  • बिभिन्न प्रकारको डिमेन्सिया मस्तिष्कको कुन भाग सुकेको छ हेरेर पता लगाईन्छ ।
  • ढाँडको पानी (CSF) को परीक्षण गरिः–विभिन्न डिमेन्सियाको मार्कर पत्ता लगाउन सकिन्छ ।
  • इ.इ.जि ले केही बिशेष डिमेन्सिया (CJD) पत्ता लाग्दछ ।

Treatment


पत्ता लगाउने तरिका


  • रोग पत्ता लगाउन: लक्षणहरु र बिरामीको जाँचबाट सम्भब हुन्छ ।
  • कारण पत्ता लगाउन:
    • रगत परीक्षण:– विभिन्न भिटामिन्स इत्यादि
    • मस्तिष्कको एम आर आई  (MRI)
    • ढाडको पानी (CSF) को परीक्षण
    • जेनेटिक टेस्ट (Genetic test)

………..


उपचार


लक्षणको उपचार

  • औषधि
  • कोगनेटिभ रिहाबिलिटेसन  (Cognitive Rehabilitation)

कारणको उपचार

  • औषधी उपचार र शल्यक्रिया बाट गरिन्छ ।