Ataxia

Ataxia / एटेक्सिया


यो स्नायुतंत्रको बिभिन्न भागहरु (जस्तै: मस्तिष्कका भागहरु वा विभिन्न नशाहरु) मा स्थाई वा अस्थाई बिकृति उत्पन्न भएर शरीर हातखुट्टा वा आँखाको चाल सन्तुलनमा नभई लड्ने अन्य सामान्य काम गर्न गाह्रो हुने र आँखाको गेडा हल्ली देखिने बस्तु पनि हल्लिएको देखिन सक्ने सम्भावना उत्पन्न गर्दछ । यसले असन्तुलन (Imbalance) उत्पन्न गर्दछ ।

Reasons


कारणहरुः


यो बिभिन्न कारणले लाग्दछ । केही प्रतिशल मात्र कारणले अस्थाई प्रकृकिो बिकृती उत्पन्न गरी यो समस्या गराउने भएपनि यसको सही समय सिमा भित्र पहिचान र उपचार हुन अत्यन्त जरुरी हुन्छ । अन्य कारण (जेनेटिक) स्थाई प्रकारको क्षति गराउँदछ र यसको निर्मूलात्मक उपचार अहिले सम्भब छैन ।

  • जेनेटिक (Genetic) कारणहरु
  • भिटामिन बी–१२ को कमी
  • भिटामिन ई को कमी
  • अत्यधिक मदिरापानको सेवन
  • इनसेफेलाइटिस
  • चोटपटक
  • नर्मल प्रेसर हाइड्रोसेफेलस (Normal Pressure Hydrocephalous) इत्यादि

……………


पत्ता लगाउने तरिका


  • पारकिनसन्स डिजिज (Parkinson disease) कारण पत्ता लाग्दैन, आनुवंशिकी कारणले हुन्छ ।
  • पारकिन्सोनिज्म :– यो केही बिशेष कारणले उत्पन्न हुन्छ ।
  • केही औषधिको असरले (eg. Antipsychotics)
  • इनसेफेलाइटिस (मस्तिष्कको संक्रमणले )
  • मस्तिष्कमा चोटपटक लागेर
  • मस्तिष्कघात भएर इत्यादि

Treatment


पत्ता लगाउने तरिका


  • रोग पत्ता लगाउन: लक्षणहरु र बिरामीको जाँचबाट सम्भब हुन्छ ।
  • कारण पत्ता लगाउन:
    • रगत परीक्षण:– विभिन्न भिटामिन्स इत्यादि
    • मस्तिष्कको एम आर आई  (MRI)
    • ढाडको पानी (CSF) को परीक्षण
    • जेनेटिक टेस्ट (Genetic test)

…………..


उपचार


  • लक्षणको उपचार
    • औषधि उपचार
    • फिजियोथेरापी
  • कारणको उपचार
    • कारण कम विरामीमा भेटिने सम्भावना भएतापनि यसको सक्दो छिटो पत्ता लगाई उपचार गर्ने कोशिस गर्नाले यो निको हुने सम्भावनालाई बढाउदँछ।